पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा ९ प्रतिशत असर : ईश्वर पोखरेल

by समतल अनलाइन

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने जिकिर उनले गरे । ‘केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नु भएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौं’, उनले भने, ‘तर अब नेकपा (एमाले) ले देशव्यापी रूपमा अभियान चलाए यो २-३ प्रतिशत मा आइपुग्नेछ र नेकपा (एमाले) हिजोभन्दा पनि अझै सबल भएर अघि बढ्छ ।’

नेपालको राष्ट्रिय राजनीति दुई वटा ध्रुवमा विभाजित भएको भन्दै उनले केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए । उनले ओली नेतृत्वको ‘पोल’ ले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरूमा अवसरवादी र सिद्धान्तहीनहरू मात्र भएको टिप्पणी गरे ।

 
 
  
 

You may also like