सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्र पढियो, दुवै षड्यन्त्र : रावल

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्र पढ्दा षड्यन्त्र दुवैतर्फबाट जनता झुक्याउने षड्यन्त्र पाइएको दाबी रावलले गरेका छन् । दुवै तर्फका पत्रमा एमसीसीमा रहेका राष्ट्रलाई हानि हुने बुँदा संशोधन गर्ने उल्लेख नरहेको पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता रावलको टिप्पणी छ ।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो । यी दुवे पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ उनले सामाजिक सञ्जालमार्फत बुधबार राति भनेका छन्, ‘यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुनविपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन ।’

 
 
  
 

You may also like