थप १,३८८ नयाँ कोरोना संक्रमित थपिए , २४ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण गर्दा १,२१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,२६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २४ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३४३जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like