बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जन घरमा क्षति

by समतल अनलाइन

बुटवल। बुटवलको ज्योतिनागरमा अविरल बर्षाका कारण पहिरो जाँदा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ। बुटवल उप- महानगरपालिका ज्योतिनागरमा ३ घरमा पहिरो पसेको स्थानियले बताएका छन्।

बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् ।

पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।

 
 
  
 

You may also like