पाल्पा- बुटवल सडक खण्ड अवरुद्द , विभिन्न ठाँउमा पहिरो गएका कारण यात्रुहरु अलपत्र

by समतल अनलाइन

बुटवल। सिद्दार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल- पाल्पा सडक खण्ड अविरल बर्षाका कारण पहिरो खस्दा अवरुद्द भएको छ। गएराती देखि अविरल बर्षका कारण पाल्पा तिनाउ गाँउपालिका -३ सिद्दबाबा क्षेत्र , तिनाउ ३ को सिसुवा , तिन्नौ ५ को हिउदेखोला जोराधारा र केराबारीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पालापाले जनाएको छ।

त्यसै गरि तानसेन नगरपालिका ७ बर्तुङ चोक नजिक, बगनासकाली गाउँपालिका ३ धैरेनी, बगनाशकाली गाउँपालिका ४ सेरामा र रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरो गएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । पहिरोका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पर्वत, बाग्लुङ जाने यात्रुलाई समस्या भएको छ ।

पाल्पाको आर्यभन्ज्याङ र दोभान तर्फबाट बाटो पन्छाउन सुरु गरिएको सडक सुचारु हुन केही घण्टा लाग्ने लाग्न सक्ने डिएसपी त्वातीले बताए । सिद्धार्थ राजमार्ग बाहेक तान्सेन रिडी खण्डको सम्मोबारीमा पनि पहिरो खसेको छ । जसका कारण गुल्मीबाट पाल्पा पनि आवगमन ठप्प भएको छ ।

 
 
  
 

You may also like