महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख सहयोग गर्ने

by समतल अनलाइन

काठमाडौं। सरकारले भारतीय सुरक्षाकर्मीले तुइन काट्दििंदा महाकाली नदीमा बगेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

आज ९बिहीबार० बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई आर्थिक सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए । उनको शव अझै फेला पर्न सकेको छैन ।

 
 
  
 

You may also like