मलेसियाबाट ल्याइयो आठ नेपालीको शव

by समतल अनलाइन

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका आठ नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ ।
मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीं अड्किएका नेपालीहरुको शव नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको हो ।

ती ८ नेपालीको शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
ती शवहरूलाई शनिबार नै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ । यसअघि पनि मलेसियाबाट पटक–पटक गरेर करिब ५० शव नेपाल ल्याइसकिएको छ ।

 
 
  
 

You may also like