हाँस्य कलाकार शम्भुराज थापाको निधन

by समतल अनलाइन

काठमाडौं। वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । १८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् । ‘मदन बहादुर हरिबहादुर’ मा पनि उनले अभिनय गरेका थिए ।

 
 
  
 

You may also like