जापानबाट थप ८ लाख डोज खोप शनिबार र सोमबार आइपुग्ने

by समतल अनलाइन

काठमाडौं। जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये बाँकी करिब ८ लाख डोज शनिबार र सोमबार नेपाल आइपुग्ने भएको छ ।

नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर नेपाललाई दिन बाँकी ८ लाख खोप छिट्टै आउन लागेको जनाएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतिक भएको बताएका छन् ।

कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप निःशुल्क उपलव्ध गराउने घोषणा गरेको छ । त्यसमध्ये करिब ८ लाख डोज खोप २३ र २४ साउनमा नेपाल आइपुगेको थियो । चीन, अमेरिका, भारतलगायतका देशले पनि नेपालाई कोभ्याक्स सुविधा अन्तर्गत खोप उपलब्ध गराएका छन् ।

 
 
  
 

You may also like