166
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको छ । सामुहिक दुर्घटना बिमालेख योजना अनुसार महासंघ रुपन्देहीमा आवद्ध सदस्यहरुको एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिदिएको हो ।
महासंघ रुपन्देहीले एक वर्षको जोखिम बहन गर्नेगरी शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा मार्फत बिमा गरिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । समाचार संकलनमा अहोरात्र खटिने पत्रकारहरु दुर्घटनाको उच्च जोखिममा हुने भएकाले दुर्घटनाको जोखिम बहन गर्नेगरी बिमा गरिएको उहाँले बताउनु भयो ।
previous post