बुटवल उवासंघमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरकडसना बस्तुगत समिति गठन

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा फ्लोरिङ्, फर्निसिङ् तथा सिरकडसना बस्तुगत समिति गठन गरिएको छ । सम्बन्धित समितिका सदस्य व्यबसायीहरुको मंगलबार संघमा बसेको बैठकले पुनः अमुल्यमान थैवको सभापतित्वमा फ्लोरिङ, फर्निसिङ् तथा सिरक डसना बस्तुगत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा शैलेन्द्र श्रेष्ठ, सचिवमा जयप्रकाश शर्मा, कोषाध्यक्षमा दिपककुमार श्रेष्ठ, सहसचिवमा रज्जक मुसलमान र सहकोषाध्यक्षमा खलिल मियालाई चयन गरिएको छ । त्यस्तै समितिको सल्लाहकारमा प्रभा गौतमलाई चयन गरिएको छ ।

नवगठित समितिलाई शुभकामना दिँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले हालसम्म गरेका गतिबिधिको बारेमा जानकारी सहित संघका सदस्य व्यबसायीलाई कोरोना बिरुद्धको खोप लगाउन पहल गरिरहेको बताउनु भयो । संघले कोरोना महामारीका कारण धरासायी भएका उद्योग व्यबसायलाई राहत पुग्नेगरी सम्बोधन गर्न सरकारसंग पहल गरिरहेको बताउँदै उहाँले नेपाल राष्ट्र बैंकलाई दिईएको सुझाव अनुसार मौद्रिक नीति आउने समेत विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संघले उद्योगि व्यबसायीका समस्या पहिचान र समाधानमा सहयोग पुगोस भन्ने उद्देश्यले बस्तुगत समितिको अवधारणा आएको बताउँदै सोही अनुसार काम गर्न संघमा जानकारी गराउन समेत नवगठित समितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले बस्तुगत समितिले सम्बन्धित व्यबसायीका समस्या पहिचान गर्नुपर्ने र पहिचान भएका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने बताउँदै व्यबसाय प्रवद्र्धनको लागि संघले के गर्न सक्छ सुझाव दिन समेत आग्रह गर्नुभयो ।

संघका कार्यसमिति सदस्य, फ्लोरिङ्, फर्निसिङ् तथा सिरकडसना बस्तुगत समितिका समन्वयकर्ता त्रिबिक्रम श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नवगठित समितिका सभापति अमुल्यमान थैवले गठित समितिको प्रत्येक महिनामा बैठक बस्ने र कार्यसमितिका पदाधिकारी सदस्यहरुले बैठकमा आउँदा व्यबसायमा देखिएका समस्या र समस्या समाधानको लागि के गर्न सकिन्छ ल्याउन आग्रह गर्दै बस्तुगत समितिबाट समाधान गर्न सकिने बस्तुगत समितिबाटै समाधान गर्ने र नसकिने समस्याहरु संघमार्फत पहल गरिने बताउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघमा बाणिज्य तर्फ १८ वटा बस्तुगत समिति रहेका छन् ।

 
 
  
 

You may also like