२०७८ साउन ३ गते आइतबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्ने छ । साहित्य तथा संगीतमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दैनिक कार्यमा पनि प्रगती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्म, कर्ममा मन पनि लाग्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म, कर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । शिक्षामा सफलता पनि पाईने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला, तर आर्थिक लाभ मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । भूमि लाभ पनि रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रेममा मनमुटावका साथै मनमा शंका उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like