लाइन्स क्लब अफ सैनामैना मलमलाको पदस्थापना , अध्यक्षमा सरोज पन्थ

बुटवल । लाइन्स क्लब अफ सैनामैना मलमलाको पदस्थापना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न कार्यक्रममा बर्ष २०२० ÷२१ का अध्यक्ष अच्युत पौडेलले २१ ÷२२ का अध्यक्ष सरोज पन्तलाइ पद हस्तान्तरण गरेका छन ।


कार्यक्रममा प्रमुख अतिथी जि.एम.टी. डिस्ट्रिक चिफ लायन दिपक श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ट अतिथी रिजन चेयर पर्सन ओमकार आचार्य ,चार्टर प्रेसिडेन्ट लायन कृष्णप्रसाद शर्मा, पुर्व अध्यक्ष घनश्याम पाण्डे, लायन बलराम पौडेल, २१ ÷२२ का अध्यक्ष सरोज पन्त , फस्ट लेडी भावना पौडेल लगायतले बोल्दै क्लबलाइ आगामी दिनमा सामाजीक क्षेत्रको काममा अझै अगाडी लैजान सबैको हातेमालो जरुरी रहेको बताउदै नमुना क्लबको रुपमा अगाडी बढ्ने प्रतीबद्धता जनाए ।

लायन युवराज कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा बर्षभरी बिभिन्न बिधामा खटेर आफ्नो संयोजकत्व निर्वाह गर्ने सदस्य तथा पदाधिकारीहरुलाइ सम्मान समेत गरीएको थियो ।

“क्लबको अभियानलाइ निरन्तरतासगै प्रभाबकारी बनाउने छु ”

यसैबिच क्लबका बर्ष २१÷२२ का अध्यक्ष सरोज पन्तले यसबर्ष पनी गएका बर्षमा झै अभियानलाइ तिब्रता दिदै रचनात्मक काम गर्ने प्रतीबद्धता जनाए ।
बृक्षारोपणदेखी लायन्स टावर निर्माणसगै खेलकुदका कार्यक्रमलाइ पनी अगाडी बढाइने पन्त बताउछन ।
उनले निशुल्क स्वास्थ्य शिबिर लगायत असहाय अशक्तहरुलाइ छात्रबृत्ति अन्य युवा लक्षीत कार्यक्रमलाइ प्रभाबकारी रुपमा सन्चालन गर्ने बताए ।
४ बर्ष अगाडी सैनामैनामा स्थापना भएको क्लबले बार्षीक रुपमा युवा लक्षीत कार्यक्रमलाइ पनी जोड दिएको सचिब लेखनाथ गैरेले जानकारी दिए ।

 
 
  
 

You may also like