रुपन्देहीमा थपिए ३० जना कोरोना संक्रमित

बुटवल ।रुपन्देहीमा थप ३० जना कोरोना संक्रमित थपिएका छन ।१७५  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तामा नगरपालिकमा ७ जना, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा ४–४ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३३ रहेको छन्।

पछिल्लो   २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् ।

 
 
  
 

You may also like