ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
भोलि (शुक्रबार) दिउँसो ३ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ ।

नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए ।

प्रधानमन्त्री हुँदा ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्दै आएका थिए । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 
 
  
 

You may also like