पानामा पठाई दिने भन्द १८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि पानामा पठाई दिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौंको टोखा नगरपालिका–१० बस्ने वर्ष ३४ को गणेश राउत भन्ने लोकबहादुर राउत रहेका छन् ।

उनले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पुरा गरी पानामा पठाउँछु भनी नक्कली इ–भीसा समेत बनाई पटक–पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिइ ठगी गरेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको टोखाबाट नियन्त्रणमा लिई कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाएको जनाएको छ ।

 
 
  
 

You may also like