रोटरी क्लब अफ बुटवल डाउनटाउनले ठुला परियोजना गर्दै

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले ३ वटा ग्लोबल ग्रान्ट सहित ५० बढि परियोजना गर्ने बताएको छ । विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि क्लबको आगामी वर्ष गर्ने कामबारे जानकारी दिदै वर्ष २०२१÷२०२२ का नवनिर्वाचित अध्यक्ष जबिन कक्षपतिले आफ्नो कार्यकालमा विशेष परियोजनाहरु गरिने बताए ।

लुम्बिनी आयुर्वेद अस्पताल, आम्दा अस्पताल र हिलपार्कमा शुद्ध पिउनेपानी ब्यवस्थापन गर्ने मुख्य बाहेक नियमित रक्तदान, वृक्षारोपण, स्वस्थ्य, महिला शसक्तिकरणमा तालिमहरु, गरिब जहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, रोट्याक्ट, ईन्ट्राक्ट गठन गर्ने साथै युवा र दुब्यसनीको विषयमा सचेतना र अन्तरक्रिया गरिने बताए ।

ठुला परियोजनाका लागि संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल सयोजक चयन गरिएको उनले बताए । यसैगरि हराभरा बुटवल सुन्दर शहर बुटवल नारालाई सफल बनाउन मिलन हलदेखि मिलन चोकसम्म गरिएको वृक्षारोपण र संरक्षणको कामलाई निरन्तरता दिदै आएकोमा त्यो स्थानमा डिभाईडर निर्माणको काम अघि बढेकोमा त्यसलाई क्लबबाट सहकार्य गर्ने उनले बताए । यसैगरि क्लबको भवन तल्ला थप्ने, श्रमजिवि पत्रकारसंग सहकार्य गर्ने उनले बताए । ‘वर्षभरि करीब ३८ लाख बराबरको खर्च हुने गरि बजेट अनुमान रहेको छ ।’–उनले बताए ।

रोटरी जोन २० का एजी जीवन अधिकारीले शिक्षा, स्वस्थ्यका क्षेत्रमा निरन्तर काम गर्दै आएको रोटरी पछिल्लो समय कोभिड संक्रमणको बेला नेपालमा ८४ करोड बराबरको स्वस्थ्य सामग्रीहरु वितरण गरिएको बताए । सतप्रतिशत साक्षरता बनाउने अभियानमा नेपालमा अब काम गर्न नेपाल सरकारसंग सम्झौता गरेको उनले बताए ।

रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलोपमेन्ट कमिटि चेयर राजेन्द्र ढकाल अन्तराष्ट्रिय नारा पोलियो उन्मुलन र साक्षरता अभियानलाई सार्थक बनाउन काम गरेर सफलता हात पारेको भन्दै कोभिडको विषयमा गम्भीर रुपमा सरकारसंग सहकार्य गर्न चाहेको बताए ।

कार्यक्रममा प्रेसिडेन्ट ईलेक्ट भरत राना , क्लबका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, प्रेसिन्डेन्ट ईलेक्ट भरत राना, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसीले सामाजिक क्षेत्रमा अग्रसर क्लबहरुको बारेमा पछिल्लोसमय टिकाटिप्पणी बढ्नु दुखद भएको बताए ।

 
 
  
 

You may also like