सेतीमा शव फेला, निकाल्न सकिएन

डोटी। डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन ।

सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । नदीको बीच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like