युरोकप : बेल्जियम र फिनल्याण्ड विजयी

काठमाडौं। युरोकप फुटबलमा बेल्जियम र फिनल्याण्ड विजयी भएका छन् । समूह बी अन्तर्गत गए राति रुसमा भएको खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे । यही समूहको अर्को खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हरायो ।

डेनमार्कमा भएको खेलमा पाहुना टोली फिनल्याण्डलाई विजयी गराउन जोएल पोयानपालोले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यो खेललाई परिणामले भन्दा पनि डेनिस खेलाडी क्रिश्चियन एरिक्सनको स्वास्थ्य समस्याले छायामा पा¥यो । खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि खेल रोकियो ।

१५ मिनेटसम्म मैदानमै उपचार गरेपछि उनलाई अस्पताल लगियो । अस्पतालमा करिब एक घण्टापछि उनलाई होस आएको खबर सार्वजनिक भएपछि मात्रै खेल पुन सुचालु भएको थियो । अहिले एरिक्सनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । युरोकप फुटबलअन्तर्गत हिजो भएको समूह ए को खेलमा स्विट्जरल्याण्ड र वेल्सले एक एक गोलको बराबरी खेलेका छन् ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । आज साँझ पौने ७ बजे इंग्ल्याण्ड र क्रोएसिया भिड्दा राती पौने १० बजे अष्ट्रिया र उत्तरी मेसेडोनिया तथा पौने १ बजे नेदरल्याण्ड्स र युक्रेन भिड्ने छन् ।

 
 
  
 

You may also like