थप ६,६३६ ले जिते कोरोना, ३,४७९ नयाँ थपिए, ९९ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,६३६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।
विभिन्न अस्पतालमा उपचाररत, होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ९१ हजार नौ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३,४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यसै पछिल्लो २४ घण्टामा देशभर ९९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

 
 
  
 

You may also like