डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेनिका खोप दिने

काठमाडौं। डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।
डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारीसहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिएका छन् ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

 
 
  
 

You may also like