प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

काठमाडौं। प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

 

 
 
  
 

You may also like