साना किसानलाई धानको बिउ किन्न अनुदान, सातै प्रदेशमा भूमि बैंक

by समतल अनलाइन
Shares

काठमाडौं। सरकारले साना किसानका लागि धानको बिउ किन्न २० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिए। उन दूध तरकारी फलफूल माछामासु लगायतका उपभोग्य वस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै सरकारले आउँदो आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने जानकारी पनि दिएको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सबै प्रदेशमा भूमि बैंक र कम्तिमा ५० शाखा सञ्चालन गर्ने जानकारी दिए । उनका अनुसार भूमि व्यवस्थापन, सामूहिक खेती लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

 

You may also like

This will close in 0 seconds