भारतमा सक्रिय संक्रमितको संख्या झर्‍यो २२ लाखमा, एकै दिन २ लाख ८४ हजार निको भए

नयाँदिल्ली। कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको भारतमा सक्रिय संक्रमितको संख्या २२ लाखमा झरेको छ ।

गएको २४ घण्टामा २ लाख ८४ लाख मानिस निको भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको हो । यतिबेला सक्रिय संक्रमितको संख्या २२ लाख २८ हजार ७२४ पुगेको छ ।

यस्तै सोही अवधिमा भारतमा १ लाख ७३ नयाँ सक्रमित थपिएका छन् । संक्रमित हुनेको संख्या कोरोनामुक्त हुनेभन्दा एक लाखभन्दा बढीले कम हो । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख २९ हजार पुग्दा ३ लाख २२ हजारको कोरोनाको कारण ज्यान गएको छ । यस्तै त्यहाँ २ करोड ५१ लाख ७८ हजार हालसम्म निको भइसकेका छन् । एजेन्सी

 
 
  
 

You may also like