औषधि लिएर संक्रमितका घर-घरमा जनप्रतिनिधि

by समतल अनलाइन
Shares

बुटवल ।कोरोना भाइरसको संक्रमण बढीरहदा बुटवल वार्ड नम्बर- १० वडा अध्यक्ष पदम थापा आवश्यक औषधि लिएर सङ्क्रमितको घरघरमा पुगेका छन्।

दोस्रो लहरको सङ्क्रमण फैलिएसंगै बुटवल उप-महानगरपालिका वार्ड नम्बरका १० अध्यक्ष थापा सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेको उनले बताए ।

कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि र सङ्क्रमित बिरामीको मनोबल बढाउने गरिएको गरेका छन ।
अध्यक्ष थापाले भने, “कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छु”।

सङ्क्रमितको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै आफ्नो वार्डको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरेका छन ।

You may also like

This will close in 0 seconds