रुपन्देहीमा ३७३ जना कोरोना मुक्त,२०९ जना संक्रमित,८ जनाको मृत्यु

बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घन्टामा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सैनामैना नगरपालिकामा ३८ जना, तिलोत्तमा नगरपालिकामा ३७ जना, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा १८÷१८ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ११ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

अहिलेसम्म  २२ हजार ३९२ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ३५८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४१५ पुगेको छ । पछिल्लो २४ घन्टामा ३७३ जना कोरोनाबाट मुक्त भएका छन् ।

 
 
  
 

You may also like