ताजा जनादेशमा जानु प्रतिगमन होइन : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।
आज (शुक्रबार) देशबासीलाई सम्बोधन गर्दै आफूले प्रतिनिधिसभा पूरै अवधि चलोस् भनेर कुनै कसर बाँकी नराखेको तर दलहरूकै गतिविधि, निर्दलीय चरित्रले यो विघटित बनेको बताए ।

उनले नेकपा एकताबद्ध राख्न आफूले अन्तिसम्म प्रयत्न गरेको बताए । त्यो सफल हुन नसकेको जिकिर गरे ।
अस्थिरता सिर्जनाका लागि स्वार्थ केन्द्रित गठबन्धन नगरेको र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने हटाउन नखोजेको भए अहिलेसम्म एकता महाधिवेशन हुने कल्पना गरे । इतिहासले हिसाबकिताब राख्ने उनको भनाइ थियो । उनले सबै राजनीतिक दललाई निर्वाचन हुँदैन कि, गर्दैन कि भन्ने भ्रम त्याग्न पनि अपिल गरे ।

 

 
 
  
 

You may also like