रुपन्देहीमा केहिदिन यता देखि संक्रमण घट्दै , थप ३७७ जनामा कोरोना , ११ जनाको मृत्यु

बुटवल ।केहि दिन यता रुपन्देहीमा कोरोना संक्रमितको संख्या निरन्तररुपमा घट्दो क्रममा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्गको आधारमा पछिल्लो २४ घन्टामा ३७७ जना नया संक्रमित थपिएका छन् । एक हजार ३३६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित देखिएको तथ्याङ्गमा उल्लेख छ ।

स्वास्थ्य कार्यालयको रुपन्देहीको तथ्यांक अनुसार सबैभन्दा बढी बुतवल उप- महानगरपालिकामा ८३ जना महिला र ८१ जना पुरुष गरी १६४ जना , तिलोत्तमा नगरपालिकामा ७६, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१, सियारी गाउँपालिकामा ११, सैनामैना नगरपालिकामा ३३, ओमसतिया गाउँपालिकामा १० जना रहेका छन् ।

त्यसै गरी शुद्धोधन गाउँपालिकामा ९, मायादेवि गाउँपालिकामा ४, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३/३ जना, गैहहवा गाउृँपालिकामा २, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमण देखिएको तथ्याङ्गमा उल्लेख रहेको छ ।

हाल सम्म  जिल्लामा ६ हजार ६२८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११  जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।

रुपन्देहीमा अहिले सम्म २३ हजार २५४ पुगेको छ भने १६ हजार २६५ जना निको भइसकेका छन् । रुपन्देहीमा मृत्युदर २ प्रतिशत , संक्रिय संक्रमित २८ प्रतिशत र निको हुने ७० प्रतिशत रहेका छन् ।

 
 
  
 

You may also like