आजको मौसम : देशभर आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौँ। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो र राति पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ ३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ४ गने (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ५ गने (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

You may also like