82
बुटवल । रुपन्देहीमा थप ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै रुपन्देहीमा कुल संक्रमितको संख्या १४७६६ जना पुगेको छ ।
जिल्ला स्वास्थ्या कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवलमा ३३२ जना कोरोना संक्रमण देखिएको छ । त्यस्तै तिलोत्तमा १५८ जना, सिद्धार्थनगरमा १०८ जना, सुद्धोधनमा ५७ जना , देवदहमा ४२ जना, र सैनामैनामा ३५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी १ जना र लुम्बिनी सांस्कृतिकमा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ भने हालसम्म २२० जनाको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४६७६ जना रहेका छन् ।