आन्तरिक आजदेखि, अन्तर्राष्ट्रिय उडान बुधबारदेखि बन्द

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ । यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो ।

सरकारले निषेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो । सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।

 
 
  
 

You may also like