मुख्यमन्त्रीमा पोखरेलको पुनर्नियुक्ति ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला : रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई गरिएको पुनर्नियुक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा भएको अर्को पदलोलुप चर्तिकताको संज्ञा दिएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव परिसकेको अवस्थामा आएको राजनीनामा र पुनर्नियुक्तिले राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याएको र संविधानको मर्यादामा समेत आघात पुगेको नेता रावलले बताएका छन् ।

पोखेरल मुख्यमन्त्रीमा पुनर्नियुक्त भएपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाउँदै नेता रावलले मुख्यमन्त्री पोखरेलले गरेका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता रावललाई नेकपा एमालेले ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गरेको छ ।

 
 
  
 

You may also like