सरकारले भन्यो : अस्पतालमा बेड उपलब्ध गराउन सक्ने अवस्था छैन

काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शैंया (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैंया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।
यी हुन् अति प्रभावित २२ जिल्ला
काठमाडौं
भक्तपुर
ललितपुर
चितवन
मकवानपुर
काभ्रे
कास्की
दाङ
बाँके
रुपन्देही
मोरङ
सुनसरी
पर्सा
बारा
धनुषा
पाल्पा
बर्दिया
कपिलवस्तु
सुर्खेत
कैलाली
कञ्चनपुर
हेर्नुस् स्वास्थ्य मन्त्रालयको सूचना

 
 
  
 

You may also like