२४ घण्टामै भारतमा तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण, ३,२८५ को मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ ।

भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदर समेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा ३ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७९ लाख नाघेको छ । विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २९ लाख ७२ हजारभन्दा ६३७ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ५१ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८३७ जनाको मृत्यु भएको छ ।

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४४ लाखभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजारभन्दा बढी संक्रमित थपिँदा ३१ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १ हजार १६५ पुगेको छ । संक्रमितमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३० लाख सक्रिय संक्रमित रहेका छन् । एजेन्सी

 
 
  
 

You may also like