रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि , बुटवलमा मात्रै २१३ जना कोरोना संक्रमित

बुटवल। रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै रुपन्देहीमा सक्रिय संक्रमिटको संख्या १८८७ जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा २१३ जना, तिलोत्तमामा १०८, सिद्धार्थनगरमा ४३ जना, सैनामैनामा १६ जना, देवदहमा १४ जना, शुद्दोधनमा ७ जना, सम्मरिमाईमा ५ जना, कञ्चनकमा ४ जना, ओमसतियामा २, रोहिणी, लुम्बिनी, कोटहीमाई, मायादेवी, गैडहवामा १-१ जना थपिएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २ जनाको मंगलवार २ जनाको मृत्यु भएको जनाएको छ भने मृत्यु हुनेको संख्या १ सय ७५ जना रुपन्देहीमा पुगेको छ।

 
 
  
 

You may also like