बाँके र बर्दियामा आज मध्यरातदेखि निषेधाज्ञा

बाँके । कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिन थालेपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदैछ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने स्थानीय प्रशासनले जनाएको छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् । बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

 

 
 
  
 

You may also like