81
काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको बताएकी छिन् ।
उनले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन् । संक्रमण देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी छिन् ।