ओली ‘हिटलर’ शैलीका मान्छे हुन् : माधव नेपाल,‘प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाई दियो उसैलाई ओलीले सडकमा पुर्‍याए’

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘हिटलर’ शैलीको मान्छे भएको बताएका छन् ।

काठमाडौंमा आज (सोमबार) आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भ¥याङ बनाई दियो उसैलाई सडकमा पुर्‍याए’, नेता नेपालले भने, ‘शैली हिटलरको हो । तर हिटलर पनि बन्ने सम्भावना छैन ।’ अहिले नेकपा एमालेभित्रको विवाद चर्किदै गएर विभाजनको मुखमा पुगेको छ । ओलीले माधव नेपाललगायत चार नेताको पार्टी सदस्यता नै निलम्बन गरी दिएका छन् ।

यता ओलीको मनपरीको विरोेधमा लामो समयदेखि सक्रिय माधवकुमार नेपाल–झलनात खनाल समूहले भने देशभर समानान्तर कमिटी गठनलाई तीब्रता दिएका छन् ।

 

You may also like