ओली पक्षका एकसहित यी चार सांसदको मतले कर्णालीका मुख्यमन्त्री शाहीको पद सुरक्षित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हात पारेका छन् । आज ९शुक्रबार० बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन् ।

सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो ।
‘प्रधानमन्त्री केपी ओली पक्षकै एक जना एमाले सांसद र माधव नेपाल पक्षका तीन सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुभयो, जसका कारण उहाँको पक्षमा बहुमत पुगेको छ,’ एक सांसदले भने । आफ्ना सांसदलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको भए पनि फ्लोर क्रस हुँदा मुख्यमन्त्री शाही सुरक्षित बन्न पुगेका हुन् ।

एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन् । बुढा ओली पक्षका सांसद हुन् । ३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन् । सो प्रदेशमा एमालेका २० ९सभामुखसहित०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए । त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो ।

 

 
 
  
 

You may also like