भारतमा कोरोना : २४ घण्टामा एक लाख ८४ हजार संक्रमित, १०२७ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०२७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ७२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८४ हजार ३७२ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड २३ लाख ३६ हजार ३६ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ८२ हजार ३३९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा १३ लाख ६५ हजार ७०४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २६ करोड ६ लाख १८ हजार ८६६ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १४ लाख ११ हजार ७५८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ११ करोड ११ लाख ७९ हजार ५७८ जनाले कोरोनाको खोप लगाएका छन् ।

 
 
  
 

You may also like