107
काठमाडौं । अदालतले ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेका व्यक्ति पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खोटाङको विजयखर्कका बरुण ढकाललाई आइतबार पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत पाटनले गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनले कमलाकुमारी राई र कल्पनाकुमारी राईलाई खातामा रकम नभएको चेक दिएर ठगी गरेको भन्दै बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा परेको थियो ।
अदालतको फैसलापछि पनि उनी फरार रहँदै आएका थिए । उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् । उनले कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक काटी दिए पनि उनको खातामा रकम भने थिएन ।