खाल्डोमा जमेको पानीमा डुबेर कीर्तिपुरमा दुई बालकको मृत्यु

कीर्तिपुर, २० चैत । कीर्तिपुर नगरपालिका–६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको छ ।

ओखलढुङ्गा घर भई टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिए । खेल्न गएका चार जना बालकमध्ये दुई जना भने सकुशल रहेका वडाध्यक्ष महर्जनले बताए ।

 
 
  
 

You may also like