एक–दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन अब एक–दुई दिनभित्रै फिर्ता लिने बताएका छन् ।

आज (शनिबार) प्रज्ञा प्रतिष्ठान डबलीमा नागरिकको प्रश्नको जवाफ दिने क्रममा उनले अब धेरै दिन पर्खन नसक्ने बताएका हुन् । ‘म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकै पटक अघि बढाउँ भनेर मात्रै हो,’ उनले भने ।

उनले समर्थन फिर्ता लिनका लागि आफूलाई विभिन्न ठाउँबाट दबाब आएको पनि बताए । उनले दबाब कहाँबाट आएको भन्ने चाहिँ खुलाउन चाहेनन् । ‘हत्त न पत्त समर्थन फिर्ता नलेउ भनेर ममाथि ठूलो दबाब छ । म अब दारा किटेर मात्रै बसेको हो, समर्थन फिर्ता लिन्छु’ उनले थपे, ‘मलाई समर्थन फिर्ता नलेऊ भन्ने दबाब छ । अब नैतिक र राजनीति रूपले म अब धेरै दिन रोक्दिनँ छिट्टै प्रक्रिया अगाडि बढाउछु ।’

 

 
 
  
 

You may also like