थप १८८ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १८८ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७६ हजार २४४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार ९७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ४५ हजार ३० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ११२८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१९ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like