विश्व क्षयरोग दिवस :संकेत समयको, क्षयरोग अन्त्यको

बुटवल । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका क्षय÷कुष्ठ निरिक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि चुनौतिहरु देखिएको बताए । बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजि क्षेत्रबाट प्रदान भएका सेवाको तथ्याक मुलधारमा ल्याउन नसक्नु, बसाईसराई, खुल्ला सिमाना क्षयरोगमा चुनौती देखिएको बताए। सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य सरकारले अघि बढाएको छ ।

नेपालमा सन १९९६ भक्तपुर, पर्सा, नवलपरासी र कैलाली जिल्लामा पाईलट कार्यक्रमका डट्स विधि शुरु भएकोमा अहिले सबै जिल्लामा लागू भएको छ। डट्स भन्दा पहिला उपचारमा रहेका विरामीहरुमध्ये करीब ३३ प्रतिशतमात्र निको हुने दर थियो भने अहिले ९० प्रतिशतभन्दा माथि रहेको छ। एक सय जना क्षयरोगीमध्ये ८० जनालाई फोक्सोमा देखिने उनले बताए ।

यस्ता रोगीलाई खोकीको समस्या हुने गर्दछ । हालै सम्पन्न प्रिभ्यालेन्स सर्भेक्षण अनुसार नेपालमा वार्षिक ६९ हजार जना क्षयरोगका नया विरामी देखिन्छन तर राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत विगत ५ वर्ष यता वार्षिक करिब ३२ हजार नया क्षयरोगका विरामी निदान भई उपचारको दायरामा ल्याउन सकिएको छ। नेपालमा १ लाख १७ हजार क्षयरोगीहरु रहेका र क्षयरोगको राष्ट्रिय प्रिभ्यालेन्स ४ सय १६ प्रति १ लाख जनसंख्या रहेको छ। नेपालमा प्रत्येक वर्ष करीब ६९ हजार क्षयरोगको नया विरामी देखिने उनले बताए। क्षयरोगको नया बिरामी हुने दर २ सय ४५ प्रति १ लाख जनसंख्या रहेको छ । नेपालका कुल जनसंख्याको झण्डै आधा ब्यक्तिमा क्षयरोगको संक्रमण रहेको अनुमान छ । टिविको जिवाणु हाम्रो शरिरमा हुन्छ कमजोर हुदा रोग देखिन्छ ।

कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीले डिआर टिवि उपचार धेरै कठिनाई हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निशुल्क गराएको भएपनि सचेतना अभावले समस्या देखिने उनले बताए । रुपन्देही जिल्लामा ९२ वटा स्वस्थ्य केन्द्रबाट आषधी उपचार उपलब्ध रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्रप्रसाद खनाल, वरिष्ठ फिजिसियन नन्दु पाठक, लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका ईन्चार्ज सत्यराज शाक्यले समाजमा बिस्तारै क्षयरोगी खुल्न थालेको बताए ।

लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना तथा प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना विरामी छन । बुटवल उपमहानगरपालिकामा डिआर टिभि सेवा संचालन गर्दा शुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताए । विरामीहरु फलोअपमा नआउने, छिमेकिहरुबाट सेवाकेन्द्र सार्न दबाब आएको बताईन ।

 
 
  
 

You may also like