भक्तपुरमा ग्याँस सिलिन्डर विष्फोट भएर आगलागी, ६ जना घाइते

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विष्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदै गर्दा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले जानकारी दिएका छन् ।

विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टीकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते छन् ।

 
 
  
 

You may also like