होशियार ! नेपालमा हिटलर उदय भइरहेछ : डा. बाबुराम भट्टराई

by समतल अनलाइन
Shares

‘पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाइँदैछ’
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’ को उदय हुँदै गरेकाले त्यसप्रति सचेत हुनुपर्ने औंल्याएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो कुरा बताएका हुन् । पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको जिकिर छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट थप निरंकुश कदम चालिँदै जाने खतरा औंल्याउँदै पटक–पटक सचेत गराइरहेका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकी म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भइरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!

नेकपा एमालेमा यतिबेला सबै अधिकार अध्यक्ष ओलीमा केन्द्रीत गरिएको छ । शनिबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले केन्द्र र प्रदेशसभाका समानुपातिक सांसदको बन्द सूची एक्लै हेरफेर गर्नेसम्मका अधिकार पाएका छन् । ओली एमालेको नवौं महाधिवेशन यताकै बलियो स्थितिमा पुगेका छन् ।

You may also like

This will close in 0 seconds