मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशका विभिन्न भागमा मौसम बदली रहेको छ ।

आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।

यस्तै महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

 

 
 
  
 

You may also like