नेपाल–खनाल पक्ष ओलीको चियापान र ७ गतेको वैठकमा नजाने, राष्ट्रिय भेला पनि नरोक्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्ष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम र चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ ।

भोलि (मंगलबार) बालुवाटारमा आयोजना हुने चियापानमा जानुको अर्थ नरहेको उपाध्यक्ष भीम रावलले बताएका छन् । सोमबार अध्यक्ष ओली तथा नेता नेपाल पक्षबीचको छलफल सहमतिमा नपुगेकाले चियापानमा नजाने उनीहरुको भनाइ छ ।

उपाध्यक्ष रावलले सहमति बिना चैत ७ गतेको बैठकमा जानुको पनि औचित्य नभएको बताएका छन् । नेपाल पक्षले आज (सोमबार) को बैठकबारे जानकारी दिन आफू पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुलाई बानेश्वरस्थित अर्याल होटलमा बोलाएको छ ।

अध्यक्ष ओली फागुन २८ गतेको निर्णय फिर्ता लिन तयार नभएपछि नेपाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला भेला यथावत रहेको जनाएको छ । ओलीले फागुन २८ गते नेपाल–खनाल पक्षका नेताहरुलाई जिम्मेवारविहीन बनाउँदै माओवादी केन्द्रका २३ नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए ।

ओलीले आफूहरुलाई जानकारी नगराई एक्लौटी रुपमा गरिएको उक्ता निर्णय उल्ट्याउनु पर्ने नेपाल पक्षले आजको छलफलमा कुरा राखेको थियो । नेपाल पक्षको मागप्रति ओली लचिलो नबनेपछि आजको वार्ता बिना निष्कर्ष सकिएको थियो ।

 
 
  
 

You may also like