नेपाल–खनाल समूहको चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौंं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिबार) बसेको बैठकले आउँदो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरुलगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ ।

ओलीको ‘एक्सन’ मा ‘रियाक्सन’ दिंदै नेपाल–खनाल समूहले आजै समानन्तर कमिटीहरु समेत गठन गरेको छ । नेपाल–खनाल समूहले सात वटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ ।

 
 
  
 

You may also like